गृहपृष्ठ थपिए १०९६ जना कोरोना संक्रमित, १७५२ जना डिस्चार्ज

थपिए १०९६ जना कोरोना संक्रमित, १७५२ जना डिस्चार्ज

गत २४ घण्टाभित्र ६ हजार ४ सय ९५ पीसीआर परीक्षण गर्दा १ हजार ९६ जनामा कोरोना संक्रमण  पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ४० हजार ९ सय ८१ जना पुगेको छ । आज थप १ हजार ७ सय ५२ जना कोरोना संक्रमित निको भई घर फर्केका छन् । हालसम्म नेपालमा कोरोनामुक्त हुनेको संख्या २ लाख २५ हजार ८ सय ५ पुगेको स्वास्थ्य तथा मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार आज कोरोनाबाट थप १७ जनाले ज्यान गुमाएका छन् । यससँगै हालसम्म देशभर कोरोनाबाट ज्यान गुमाउनको संख्या १ हजार ५ सय ९४ पुगेको छ । देशभर सक्रिय संक्रमितको संख्या १३ हजार ५ सय ८२ रहेको छ । जसमध्ये १३ हजार ५ सय ८२ जना आइसोलेसनमा र ५३६ जना क्वारेन्टिनमा छन् । नेपालमा हालसम्म १७ लाख ८४ हजार ५ सय १९ जनामा पीसीआर परीक्षण गरिएका छन् ।

काठमाडौँ उपत्यकामा आइतबार थप ४ सय ८४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार काठमाडौँका ३५१, भक्तपुरका ५९ तथा ललितपुरका ७४ जनामा संक्रमण पुष्टि भएको हो । हाल देशभर ३१३ जना संक्रमितको आईसीयू र ५५ जना संक्रमितको भेन्टिलेटरमा उपचार भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रकाशित समय १६:४४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु