गृहपृष्ठ नेकपा स्थायी कमिटी बैठक : ओली गएनन्, तर पत्र पठाए (पत्रसहित)
नेकपा स्थायी कमिटी बैठक : ओली गएनन्, तर पत्र पठाए (पत्रसहित)
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली पार्टी स्थायी कमिटीको आज बसेको बैठकमा सहभागी भएनन् । तर उनले पत्र भने पठाएका छन् । ओलीले पत्रमार्फत अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेश गरेको प्रस्ताव र उनीविरुद्ध लगाइएको आरोप फिर्ता गर्न आग्रह गरेका छन् । ओलीको पत्र लिएर आएका उपप्रधानमन्त्री ईश्वर पाेखरेलले स्थायी कमिटीको प्रारम्भमै वाचन गरेका थिए । पत्रमा प्रचण्डले प्रस्तावसँगै त्यसमार्फत लगाइएका सम्पूर्ण आरोप फिर्ता हुनुपर्ने माग ओलीले राखेका छन् । आरोपहरु निराधार भएकाले त्यसमा बहस हुन नसक्ने उनको तर्क छ ।
हेर्नुस् पत्र :

प्रकाशित समय १६:२४ बजे
















