गृहपृष्ठ प्रदेश नं १ मा थप २५१ जना डिस्चार्ज, १२३ थपिए संक्रमित
प्रदेश नं १ मा थप २५१ जना डिस्चार्ज, १२३ थपिए संक्रमित
पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा ४६ जना महिलासहित १२३ जना कोरोना संक्रमित थपिएका छन् । थपिएका संक्रमितमा मोरङमा ४६ मध्ये विराटनगरमा ३४, झापामा ३७, सुनसरीमा १५, इलाममा ११, ताप्लेजुङमा दुई, तेह्रथुम, भोजपुर र उदयपुरमा एक/एक र प्रदेश बाहिरका नौ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
सोही अवधिमा होमआइसोलेशनबाट २२३, कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रबाट १४, मेची अस्पतालबाट आठ र न्यूरो अस्पतालबाट पाँच, विराट मेडिकल कलेजबाट एक जनासहित २५१ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या २३ हजार १५० पुगेको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या २८ हजार १७० पुगेको छ भने सक्रिय संक्रमितको संख्या पाँच हजार २० जना रहेको मन्त्रालयले जनाएको छ । ७४३ जनासहित कूल एक लाख ९६ हजार ७४ जनाको पीसीआर परीक्षण भइसकेको मन्त्रालयको भनाइ छ ।
प्रकाशित समय ०७:३१ बजे

















