गृहपृष्ठ थप १३८२ जनामा कोरोना संक्रमण, १६२१ जना डिस्चार्ज

थप १३८२ जनामा कोरोना संक्रमण, १६२१ जना डिस्चार्ज

नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ३ सय ८२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यससँग नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ४३ हजार ३ सय ७७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मंगलबार थपिएका संक्रमितमध्ये काठमाडौं उपत्यकाका ५ सय ९४ जना रहेका छन् । उपत्यकामा ३ सय ३१ पुरुष र २ सय ६३ महिला संक्रमित थपिएका हुन् । काठमाडौंमा ४ सय १२, भक्तपुरमा ६९ र ललितपुरमा १ सय १३ जना कोरोना संक्रमित थपिएको मन्त्रालयले उल्लेख गरेको छ ।

मन्त्रालयका अनुसार मंगलबार १ हजार ६ सय २१ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख २९ हजार ५४ पुगेको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या १२ हजार ६ सय ८६ रहेको छ भने ५ सय २३ जना क्वारेन्टिनमा छन् ।

नेपालमा पछिल्लो २४ घण्टामा थप २३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ६ सय ३७ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रकाशित समय १६:४४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु