गृहपृष्ठ लुम्बिनी विकास बैंकको लाभांश घोषणा

लुम्बिनी विकास बैंकको लाभांश घोषणा

lumbini_bikash_bank_newskarobar

लुम्बिनी विकास बैंक (LBBL) ले गत आर्थिक वर्षको मुनाफा तथा सञ्चित मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । बैंकले हाल कायम चुक्ता पूँजीको ७ प्रतिशत बोनस सेयर र ३ प्रतिशत नगद लाभांश (बोनस तथा नगद लाभांशमा लाग्ने करसहित) गरी कुल १० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । मंगलबार बसेको बैंकको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो । नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिने बैंकले जनाएको छ ।

प्रकाशित समय १७:११ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु