गृहपृष्ठ बुधबार १०५६ जनामा कोरोना पुष्टि, १४ जनाको मृत्यु

बुधबार १०५६ जनामा कोरोना पुष्टि, १४ जनाको मृत्यु

नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ४४ हजार ४ सय ३३ जना पुगेको छ ।

आज कोरोनाबाट थप १४ जनाले ज्यान गुमाएका छन् । योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ६ सय ५१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । आज थप १ हजार ४ सय ८३ जना कोरोना संक्रमित निको भई घर फर्केका छन् । हालसम्म नेपालमा निको हुनेको संख्या २ लाख ३० हजार ५ सय ३७ पुगेको छ ।

देशभर सक्रिय संक्रमितको संख्या १२ हजार २ सय ४५ जना रहेको छ । जसमध्ये १२ हजार २ सय ४५ जना आइसोलेसनमा र ५२५ जना क्वारेन्टिनमा छन् ।

प्रकाशित समय १७:०३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु