गृहपृष्ठ कर्णालीमा ६ जना कोरोना संक्रमित थपिए
कर्णालीमा ६ जना कोरोना संक्रमित थपिए
शनिबार थप ६ जनामा कोरोनाभाइरस (कोभिड- १९)को संक्रमण पुष्टि भएको छ । सुर्खेतका तीन र अन्य प्रदेशका तीन गरी ६ जनामा कोरोना पुष्टि भएको हो ।
प्रदेश अस्पताल/पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको आरटी पीसीआर परीक्षणमा उनीहरुलाई कोरोना संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य सेवा महाशाखाले जानकारी दिएको छ । योसँगै प्रदेशभर कोरोना संक्रमितको संख्या ७ हजार ६२ पुगेको महाशाखाका स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलले जानकारी दिए । उनका अनुसार शनिबार ३३ जना कोरोना संक्रमणमुक्त भएँंगै प्रदेशभरका संक्रमणमुक्त हुनेको संख्या ६ हजार ६ सय ७ पुगेको छ । प्रदेशका विभिन्न जिल्लामा रहेको अस्पताल तथा होमआइसोलेशनमा रहेका संक्रमितको संख्या २ सय ९१ रहेको कँडेलले बताए ।
जसमा सुर्खेतका १ सय ११, दैलेखका आठ, जाजरकोटका नौ, सल्यानका १ सय २७, रुकुमपश्चिमका पाँच, जुम्लाका १८, हुम्लाका ११, डोल्पाका एक र मुगु जिल्लाका एकजना रहेका छन् । कालिकोट जिल्लाका कुनै पनि अस्पताल तथा होम आइसोलेशनमा भने कोरोना संक्रमित नरहेको महाशाखाको तथ्यांक छ ।
प्रकाशित समय १८:०४ बजे
















