गृहपृष्ठ शिक्षकमा कोरोना संक्रमण देखिएपछि विद्यालय बन्द
शिक्षकमा कोरोना संक्रमण देखिएपछि विद्यालय बन्द
सुर्खेतकाे पञ्चपुरी नगरपालिकामा रहेको एक विद्यालयमा काेराेनाकाे संक्रमण थप बढ्दै गएकाे छ । पञ्चपुरीकाे विद्याज्याेति माध्यमिक विद्यालयमा यसअघि शिक्षकमा काेराेना देखिएपछि बन्द गरिएको थियो ।
केही दिनअघि खुलेको विद्यालय पुन: बन्द हुने भएको छ । सुर्यप्रकाश माध्यमिक विद्यालय, पलैटे र विद्याज्याेति माध्यमिक विद्यालय बाबियाचाैरका ३९ जना शिक्षकमा गरिएको काेराेना परिक्षणमा दुवै विद्यालयका प्रधानाध्यापकसहित १५ जनामा संक्रमण पुष्टि भएको हाे ।
सुर्यप्रकाश माध्यमिक विद्यालयका ११ र विद्याज्याेतिका ३ जना शिक्षक र १ जना कार्यालय सहयोगीमा संक्रमण भएको हाे । संक्रमितहरु हाेम क्वारेन्टिनमा बसेकाछन् । काेराेना संक्रमण देखिएकाा दुवै विद्यालयकाे पठनपाठन बन्द गरिएको छ ।
प्रकाशित समय १३:४२ बजे
















