गृहपृष्ठ थप ४२६ जनामा काेराेना संक्रमण, ७४८ जना डिस्चार्ज, ८ को मृत्यु
थप ४२६ जनामा काेराेना संक्रमण, ७४८ जना डिस्चार्ज, ८ को मृत्यु
पछिल्लो २४ घन्टाभित्र देशभर गरिएको ५ हजार २ सय २५ जनामा गरिएको पीसीआर परीक्षणबाट नेपालमा ४ सय २६ जना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार थपिएका संक्रमितमध्ये २ सय ७३ पुरुष र १ सय ५३ महिला छन् ।
नेपालमा कुल संक्रमितको संख्या २ लाख ६१ हजार १९ पुगेको मन्त्रालयले जनाएको छ । जसमध्ये ६ हजार ४८ जना सक्रिय संक्रमित अवस्थामै रहेका छन् । पछिल्लो २४ घन्टामा देशभरबाट ७ सय ४८ जनाले कोरोना जितेका छन् । योसँगै कोरोनामुक्त हुनेको संख्या २ लाख ५३ हजार १ सय ७ पुगेको छ । मन्त्रालयका अनुसार नेपालका कोरोनाबाट निको हुने दर ९७ प्रतिशत रहेको छ ।
नेपालमा थप ८ जनाले कोरोना भाइरसका कारण ज्यान गुमाएका छन् । योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या १ हजार ८ सय ६४ पुगेको छ ।
प्रकाशित समय १७:३४ बजे

















