गृहपृष्ठ नागरिक आरोग्य केन्द्र स्थापना

नागरिक आरोग्य केन्द्र स्थापना

चामुण्डाविन्द्रासैनी नगरपालिका दैलेखमा नागरिक आरोग्य सेवा केन्द्रको स्थापना भएको छ । नगरपालिकाका प्रमुख सूर्यबहादुर शाही र प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनारले आइतबार केन्द्रको उद्घाटन गरे ।

नगरमै आरोग्य सेवा केन्द्र स्थापना भएपछि अब स्थानीयले सेवा लिन जिल्ला सदरमुकाम धाउन नपर्ने भएको छ । दुर्गममा रहेका सर्वसाधारण जनताका लागि गाउँमै सञ्चालन भएको आयुर्वेद सेवा केन्द्रले धेरैको जीवनमा सहयोग पुग्ने नगर प्रमुख शाहीले बताए । प्रमुख जिल्ला अधिकारी सुनारले राज्यले संविधानमा भएको अधिकारबमोजिम नागरिक स्वास्थ्य उपचार पहुँचलाई सहज बनाउनका लागि आरोग्य सेवा केन्द्र स्थापना भएको जानकारी दिए ।

‘औषधि आएर मात्र आरोग्य हुँदैन । आरोग्य हुनका लागि खानेकुरामा समेत ध्यानदिनु पर्छ,’ उनले भने । बजारमा पाइने म्याद समाप्त भएका सामग्रीहरुको दैनिक प्रयोग गर्नाले समेत मानिसहरु रोगी हुने गरेको उनले बताए । सामग्री खरिद गर्दा म्याद हरेर मात्र खरिद गर्न नागरिकहरुलाई उनले अनुरोधसमेत गरे ।

केन्द्रले नगरपालिकाका जेष्ठ नागरिकलाई रसायन र सुत्केरीलाई दुग्धवतन औषधि वितरण गर्नेछ । सेवा केन्द्रबाट निःशुल्क औषधि वितरण, बिरामी चेकजाँच र पूर्वकर्म/पञ्चकर्म सेवा दिने बताइएको छ ।

प्रकाशित समय १८:५५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु