गृहपृष्ठ थप २५९ जनामा कोरोना पुष्टि, काठमाडौं उपत्यकामा थपिए १२६ जना संक्रमित
थप २५९ जनामा कोरोना पुष्टि, काठमाडौं उपत्यकामा थपिए १२६ जना संक्रमित
नेपालमा पछिल्लो २४ घण्टामा थप २५९ जना कोरोना संक्रमित थपिएका छन् । यसमध्ये काठमाडौं उपत्यकामा थप १२६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ९९, भक्तपुरमा ९ र ललितपुरमा १८ जना कोरोना संक्रमित थपिएका हुन् ।
हाल देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ६४ हजार ७८० पुगेको छ । सक्रिय संक्रमितको संख्या ४ हजार ४ सय २२ रहेको छ । गत २४ घन्टामा ३ हजार ३ सय ९९ पीसीआर परीक्षण भएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार आइतबार ५१३ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ५८ हजार ४४१ पुगेको छ । यस्तै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ९ सय १७ पुगेको छ । पछिल्लो २४ घण्टामा थप ५ जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
प्रकाशित समय १६:५२ बजे

















