गृहपृष्ठ थप २४० जनामा कोरोना भाइरस संक्रमण पुष्टि

थप २४० जनामा कोरोना भाइरस संक्रमण पुष्टि

देशभर पछिल्लो २४ घण्टामा थप २४० जनामा कोभिड–१९ संक्रमण पुष्टि भएको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार तीन हजार ८१९ जनाको स्वास्थ्य परीक्षण गर्दा ८७ महिला र १५३ पुरुष गरी सो संख्यामा संक्रमण पुष्टि भएको हो ।

हालसम्म नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या दुई लाख ६७ हजार ५६ पुगेको छ । त्यस्तै २४ घण्टामा ४७७ जना निको भएका छन् । योसँगै निको हुनेको संख्या दुई लाख ६१ हजार ४४ पुगेको छ । निको हुने दर ९७.८ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

अहिले देशभर चार हजार ५४ सक्रिय संक्रमित छन् । उनीहरुमध्ये २३१ जना क्वारेन्टिनमा छन् भने अन्य आइसोलेसनमा छन् । हालसम्म २० लाख आठ हजार ९४४ को पीसीआर परीक्षण भएको छ । २४ घण्टामा काठमाडौँ उपत्यकामा १३१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ, जसमा ४२ महिला र ८९ पुरुष छन् ।

हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या एक हजार ९५४ पुगेको छ भने २४ घण्टामा थप ६ जनाले ज्यान गुमाएको मन्त्रालयले जनाएको छ ।

प्रकाशित समय १८:०४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु