गृहपृष्ठ एनआईसी एसिया लघुवित्त वित्तीय संस्थाद्वारा मृतक परिवारलाई बिमा रकम हस्तान्तरण

एनआईसी एसिया लघुवित्त वित्तीय संस्थाद्वारा मृतक परिवारलाई बिमा रकम हस्तान्तरण

कर्णाली प्रदेशको विकट जिल्ला जाजरकोटमा रजिष्टर्ड कार्यालय भई काभ्रेको बनेपामा कर्पोरेट कार्यालय रहेको एनआईसी एसिया लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना सदस्यलाई बीमा रकम प्रदान गरेको छ ।

संस्थाले ज्योति लाइफ ईन्स्योरेन्ससँगको सहकार्यमा संस्थाको सदस्य र सदस्यको परिवारको दुर्घटना बिमा गर्दै आइरहेको छ । संस्थाको बेलाशपुर शाखाले आफ्नो सदस्यको श्रीमतीको मृत्यु भएकोमा उक्त रकम मृतकको श्रीमान् नगेन्द्र दास पटनावरलाई हस्तान्तरण गरेको हो ।
यस एनआईसी एसिया लघुवित्त वित्तीय संस्था लिमिटेडले स्थापना भएको छोटो समयमा नै लघुवित्त क्षेत्रमा उच्च स्थान हासिल गर्न सफल भएको छ ।

आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र यस संस्था प्रतिको भरोसासहित हाल १२० शाखा कार्यालयहरुबाट वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ । साथीसँगै सवल बन्दै भन्ने मुल नाराका साथ उत्तरदायी लघुवित्तीय सेवाको अभ्यास गर्दै आएको यस संस्थाले वित्तीय समावेशिकरणका लागि डोटी, जुम्ला, जाजरकोट, सल्यान, रसुवा, सिन्धुपाल्चोक जस्ता बैंक तथा वित्तीय संस्थाहरुको उपस्थिति न्यून रहेको दुर्गम जिल्लाहरुमा शाखा विस्तार गरी सेवा सञ्चालन गर्दै आइरहेको संस्थाका प्रमुख सूचना अधिकृत प्रह्लाद चन्द्र निरौलाले जनाकारी दिए ।

प्रकाशित समय १६:४५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु