गृहपृष्ठ सल्यानका एकजना कोरोना संक्रमितको मृत्यु

सल्यानका एकजना कोरोना संक्रमितको मृत्यु

सल्यानमा एकजनाको कोरोनाभाइरस (कोभिड- १९)का कारण मृत्यु भएको छ । शारदा नगरपालिका- ३, का ९० वर्षीय पुरुषको शुक्रबार बिहान मृत्यु भएको हो । पुस २७ गते खोकी र सास फेर्न कठिनाइ भएपछि उनलाई जिल्ला अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएको थियो ।

अक्सिजन स्याचुरेसन कम रहेको र उनलाई अक्सिजन, एन्टिबायोटिक तथा अन्य आवश्यक उपचार गरिएको थियो । उनी उच्च रक्तचापको दीर्घरोगी भएको थिए । उनको माघ ३ गते स्वाब संकलन गरिएको र ५ गते कोरोना संक्रमण भएको पृष्टि भएको थियो । पछिल्लो समय उनलाई स्वास्थ्यमा सुधार भएको थिएन भने सास फेर्न पनि अत्यन्त कठिनाइ भएको थियो । उनको शुक्रबार बिहान निधन भएको स्वास्थ्य सेवा महाशाखाले जनाएका छ । शुक्रबार कर्णालीमा थप १४ जनामा कोरोना भाइरस देखिएको छ । योसँगै कर्णालीमा ७ हजार ४ सय ८१ पुगेको छ ।

प्रकाशित समय १८:३२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु