गृहपृष्ठ थप ३५४१ पीसीआर गर्दा २३२ जनामा कोरोना संक्रमण पुष्टि, ३८६ जना डिस्चार्ज

थप ३५४१ पीसीआर गर्दा २३२ जनामा कोरोना संक्रमण पुष्टि, ३८६ जना डिस्चार्ज

पछिल्लो २४ घण्टामा तीन हजार पाँच सय ४१ पीसीआर गर्दा मुलुकभर थप दुई सय ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नेपालमा हालसम्म २० लाख ३८ हजार आठ सय ४२ जनाको पीसीआर परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार अहिले नेपालमा कुल संक्रमित २ लाख ६९ हजार १ सय ८० जना छन् । यसमध्ये सक्रिय संक्रमितको संख्या तीन हजार ४ सय ५२ छ । हाल क्वारेन्टाइनमा रहनेको संख्या एक सय ४७ छ । शनिबार थप तीन सय ८६ जना संक्रमित कोरोनामुक्त भएका छन् । हालसम्म २ लाख ६३ हजार सात सय ३४ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ ।

बितेको २४ घण्टामा थप ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ । नेपालमा हालसम्म कोरोनाकै कारण ज्यान गुमाउनेको संख्या १९ सय ९४ जना पुगेको छ ।

प्रकाशित समय १६:५७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु