गृहपृष्ठ थप २७० जनालाई कोरोना संक्रमण, ७ जनाको मृत्यु
थप २७० जनालाई कोरोना संक्रमण, ७ जनाको मृत्यु
काठमाडौंमा १०३, भक्तपुरमा ५ र ललितपुरमा २५ जना संक्रमित थपिए
नेपालमा पछिल्लो २४ घण्टामा ४ हजार ४ सय १३ पीसीआर परीक्षण गर्दा थप २७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ६९ हजार ४५० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
आइतबार थपिएकामध्ये काठमाडौं उपत्यकाका १३३ जना रहेका छन् । मन्त्रालयका अनुसार काठमाडौंमा १०३, भक्तपुरमा ५ र ललितपुरमा २५ जना संक्रमित थपिएका हुन् । हाल देशभर ३ हजार ३ सय १२ सक्रिय संक्रमित रहेका छन् । हाल देशभर १३९ जना कोरोना संक्रमितको आईसीयूमा र २३ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।
मन्त्रालयका अनुसार आइतबार ४०३ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ६४ हजार १३७ पुगेको छ । यस्तै नेपालमा पछिल्लो २४ घण्टामा थप ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ हजार १ पुगेको छ ।
प्रकाशित समय १७:०५ बजे

















