गृहपृष्ठ सेन्ट्रल फाइनान्स लिमिटेडको चौधौं शाखा जनकपुरधाममा
सेन्ट्रल फाइनान्स लिमिटेडको चौधौं शाखा जनकपुरधाममा
सेन्ट्रल फाइनान्स लिमिटेडको चौधौं शाखा धनुषाको जनकपुरधाममा सञ्चालनमा आएको छ । जनकपुर उद्योग वाणिज्य संस्थाका अध्यक्ष ललितकुमार साहले शाखाको उद्घाटन गरे ।
ललितपुरको कुपण्डोलमा केन्द्रीय कार्यालय रहेको यस संस्थाको कुनै पनि शाखाबाट रकम जम्मा र भुक्तानी गर्न सकिने ABBS सुविधा सहितको काठमाडौँ, चाबहिल र गोंगबु गणेशस्थान, भक्तपुरको च्यामासिंह र सल्लाघारी, चितवनको नारायणघाट, रुपन्देहीको बुटवल, महोत्तरीको बर्दिबास, नपलपरासीको बर्दघाट, बाराको सिमरा, सिन्धुलीको भिमान र डकाहा, सर्लाहीको लालबन्दीमा शाखा कार्यालय सञ्चालनमा छ ।
संस्थाले बैंकिङ क्षेत्रमा Digital banking लाई बढावा दिंदै विगतदेखि नै Sms बैंकिङ र IPS, Connect IPS सेवा सञ्चालन गर्दै आएको छ । SCT सँगको सहकार्यमा Union PayDebit Card जारी गरी एटीएम सेवा सञ्चालन गरेको र मोबाइल बैंकिङमार्फत सेवा प्रदान गर्ने छ । संस्थाले बचतपत्रको बजार निर्माताको काम गर्दै बचतपत्र खरिद बिक्री तथा ब्याज भुक्तानी, विदेशी विनिमय कारोबार, विभिन्न रेमिटेनन्स सेवा प्रदान गर्दै आएको छ ।
संस्थाको वित्तीय पहुँच बढाउन यस जनकपुरधाम क्षेत्रका ग्राहकहरुलाई अझ सर्वसुलभ रुपले बैंकिङ सेवाहरु प्रदान गर्ने उदेश्यसहित यो चौधौं शाखा खोलेको बैंकले जनाएको छ । शाखा सञ्जाल र कार्य क्षेत्र विस्तार गर्ने योजनाअनुरुप झापाको बिर्तामोड र सुनसरीको इटहरी र पर्साको वीरगंजमा थप शाखा विस्तार गर्न लागेको प्रमुख कार्यकारी अधिकृत रजोज मान श्रेष्ठले बताए ।
यस वित्तीय संस्थाले ६ प्रतिशतसम्म ब्याज रहेको विभिन्न प्रकारका वचत योजनाहरु सञ्चालन गर्दै आएको छ । त्यस्तै ३ महिनादेखि ६ वर्ष अवधिको विभिन्न प्रकारका मूद्दति निक्षेप योजनाहरु सञ्चालन गर्दै आएको छ । यस संस्थाको चुक्ता पुँजी ८२ करोड ३३ लाख , निक्षेप ५ अर्ब २५ करोड ७६ लाख, कर्जा ३ अर्ब ६२ करोड ११ लाख, लगानी ८८ करोड ५२ लाख रहेको छ ।
संस्थाले आगामी माघ २३ गते हुने २४औं वार्षिक साधारणसभाबाट आर्थिक वर्ष ७६/७७ को मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई ७ प्रतिशत बोनस सेयर तथा ३ प्रतिशत नगद गरी जम्मा १० प्रतिशत लाभांश दिन लागेको छ ।
प्रकाशित समय १७:२९ बजे

















