गृहपृष्ठ चीनले पाँच लाख डोज कोरोनाविरूद्धको खोप दिने

चीनले पाँच लाख डोज कोरोनाविरूद्धको खोप दिने

Typhoid-Vaccine-trail-Nepal

चीन सरकारले नेपाललाई कोरोनाभाइरस विरूद्धको पाँच लाख भ्याक्सिन अनुदान सहयोगमा दिने भएको छ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँगको टेलिफोन संवादमा चीनका विदेश मन्त्री वाङ यीले उक्त अनुदानको दिने बताएको नेपालको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

शुक्रबार साँझ ज्ञवाली र वांग यीबीच नेपाल र चीनको आपसी हितका विषयहरूमा छलफल भएको मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ । सो क्रममा वाङ यीले नेपालमा हाललाई पाँच लाख खोप अनुदानमा दिने बताएका हुन् । चीनले कोरोना विरुद्धको खोपमा नेपाललाई प्राथमिकता समेत वाङ यीले प्रतिवद्धता जनाएको विज्ञप्तिमा उल्लेख छ ।

ज्ञवालीले सहयोगका लागि चीनलाई धन्यवाद दिएका थिए । अहिलेसम्म चीनले बनाएका कोरोना विरूद्धका भ्याक्सिनलाई नेपालमा प्रयोग अनुमति भने दिइएको छैन। यसबारे सरकारी अधिकारीहरु छलफलमा छन् ।

प्रकाशित समय १२:०७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु