गृहपृष्ठ थप २७९४ पीसीआर गर्दा ९९ जनामा कोरोना पुष्टि

थप २७९४ पीसीआर गर्दा ९९ जनामा कोरोना पुष्टि

संस्थागत आइसोलेसनमा ९२७ , आइसीयूमा ६१, भेन्टिलेटरमा १४ र क्वारेन्टाइनमा ९५ जना

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो तथ्यांकअनुसार देशभर थप ९९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा २ हजार ७९४ जनाको पीसीआर परीक्षण गर्दा ४२ महिला र ५७ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

हालसम्म २० लाख ९१ हजार १६६ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा गर्दा २ लाख ७१ हजार ८ सय ६ जनामा कोरोना पुष्टि भएको छ । आज काठमाडाैं उपत्यकामा २३ महिला र ३४ पुरुष गरी ६६ जनामा कोरोना देखिएको छ ।

आज देशभर १ हजार ९८९ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ । संक्रमितमध्ये ९२७ संस्थागत आइसोलेसनमा, ६१ जना आइसीयूमा, १४ जना भेन्टिलेटर र ९५ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयको तथ्यांक छ ।

पछिल्लो २४ घण्टामा २४८ जना निको भएर फर्किएका छन् । योसहित कोरोनाबाट निको हुनेको कुल संख्या २ लाख ६७ हजार ८१२ पुगेको छ । गत २४ घण्टामा कोरोनाबाट कसैको पनि ज्यान गएको छैन । कोरोनाबाट हालसम्म मृत्यु हुनेको संख्या २ हजार ३५ पुगेको छ ।

प्रकाशित समय १६:५३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु