गृहपृष्ठ बिहीबार थप ८१ जनामा कोरोना संक्रमण पुष्टि, ५ जनाको निधन

बिहीबार थप ८१ जनामा कोरोना संक्रमण पुष्टि, ५ जनाको निधन

नेपालमा पछिल्लो २४ घण्टामा थप ८१ जना कोरोना संक्रमित थपिएका छन् । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ७२ हजार ४३० पुगेको छ । देशभर सक्रिय संक्रमितको संख्या १ हजार ७१८ रहेको छ । जसमध्ये ८७ जना क्वारेन्टिनमा छन् ।

बिहीबार थप ५ जनाले कोरोनाको कारण ज्यान गुमाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यससँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ हजार ५२ जना पुगेको छ ।

मन्त्रालयका अनुसार बिहीबार १११ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । यससँगै हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ६८ हजार ६६० पुगेको छ ।

प्रकाशित समय १६:१८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु