गृहपृष्ठ रंग र ईमेजिङ प्रविधिमा थप नवपवर्तन अन्वेषणका लागि रिसर्च ल्याबको स्थापना

रंग र ईमेजिङ प्रविधिमा थप नवपवर्तन अन्वेषणका लागि रिसर्च ल्याबको स्थापना

ओपोले चचियाङ विश्वविद्यालयका साथमा ओपो–चचियाङ युनिभर्सिटी ज्वाइन्ट ईन्नोभेशन सेन्टर, कलर रिसर्च ल्याबको औपचारिक स्थापनाको घोषणा गरेको छ । ल्याबको मुल उद्देश्य वैज्ञानिक अनुसन्धान अन्वेषण र प्राविधिक नवप्रवर्तन, उद्योगकै अग्रणी प्राविधिक मानक स्थापनाका साथै कलर साइन्सका क्षेत्रमा प्रतिभा विकासका लागि टेवा पु-याउनु हो ।

प्राविधिक नवप्रवर्तनका क्षेत्रमा चेचियाङ युनिभर्सिटी विश्वकै अग्रणी विश्वविद्यालयमा पर्छ । सन् २०२० क्यूएस वल्र्ड युनिभर्सिटी र्याकिङअनुसार यो ५३ औँ स्थानमा रहेको छ । संयुक्त अनुसन्धान परियोजनाअन्तर्गत ओपो र चचियाङ युनिभर्सिटीले आधारभूत रंग विज्ञानका विषयहरु, रंग प्रविधि, प्राविधिकमानक र प्रतिभा विकासका लागि अध्ययन कार्य गर्नेछ । ल्याबले आधारभूत रंग विज्ञानअन्तर्गत आफ्नो अनुसन्धानलाई निरन्तरता दिँदै बृहत्त कलर भिजन डाटाबेसको स्थापना गर्नुका साथै, भिज्यूअल फन्सन र कलर मोडल्सको विकास गर्दै तिनका व्यवहारिक अनुप्रयोगका बारेमा अध्ययन गर्नेछ । ल्याबको अर्को प्रमुख लक्ष्यका रुपमा उद्योगकै अग्रणी उत्पादनहरुको डिजाइनमा उच्च गुणस्तरीय रंग व्यवस्थापन क्षमताका साथै कलर ईञ्जिनियरिङ अन्तर्गतका व्यवहारिक समस्याको समाधानार्थ एक्स्क्ल्यूजिवकलर टेक्नोलोजी प्ल्याटफर्मको स्थापना हो ।

ओपोले वैज्ञानिक प्रतिभा तथा क्षमताको विकासका लागि सक्दो भूमिका निभाउने सोचका साथ विस्तृत योजनाको खाका तयार पारेको छ । सान्दर्भिक प्रशिक्षण कार्यक्रमहरु मार्फत् विलक्षण प्रतिभा भएका ईञ्जिनियर्सलाई ओपो आरएण्डडी समूहमा प्राथमिकताका साथ प्रवेश दिँदै तिनलाई आफ्ना सैद्धान्तिक अवधारणाहरुलाई व्यवहारमा उतार्न सहयोग प्रदान गर्नेछ ।

‘वषौँको नवप्रबर्तनका कारण ओपोसँग स्मार्टफोन डिस्प्ले र कलर म्यानेजमेन्ट टेक्नोलोजीअन्तर्गत फुल-पाथकलर म्यानेजमेन्ट सिस्टम जस्ता पर्याप्त विशेषज्ञता र बृहत्त उपभोक्ता अन्तरदृष्टि छ’, ओपोका डिरेक्टर अफफोटोग्राफी ईगल झुले भने, ‘उपभोक्तालाई जीवनका रंगीनपलहरु अझ जीवन्तताका साथ कैद गर्न सघाउने अत्याधुनिक प्राविधिक समाधानहरु उपलब्ध गराउन डा. मिङ रोनियर लुओ र उनका टिमसँग सहकार्य गर्न हामी निकै उत्साहित छौं ।’

चचियाङ युनिभर्सिटीको कलर एण्ड ईमेजिङ साईन्सका प्राध्यापक डा. मिङ रोनियर लुओले भने,  ‘कलर र ईमेजिङ अनुसन्धानका क्षेत्रमा कलर रिचर्स ल्याबले महत्वपूर्ण सफलताहरु प्रस्तुत गर्नेमा हामी विस्वस्त छौं । साथै, यसका माध्यमबाट मानव केन्द्रित उत्पादन तथा प्रविधिहरु विशिष्टकलर क्वालिटीका उपलब्ध गराउन पनि उल्लेख्य सहयोग मिल्नेछ,’

कलर एण्ड ईमेजिङ टेक्नोलोजीका क्षेत्रमा ओपोको अन्वेषणको निकै लामो इतिहास छ । कम्पनीले भरखरै ओपो ईन्नो डे २०२०मा ओपो फुल(पाथकलर म्यानेजमेन्ट सिस्टम अनावरण गरिसकेको छ । सत् प्रतिशत डीसीआई(पीथ्री वाइड गामुट र १०(बिट कलर डेप्थ सपोर्ट गर्ने यो एण्ड टू एण्ड सोलुसन, ओपो फुलपाथकलर म्यानेजमेन्ट सिस्टमले आफ्नो पहिलो व्यवसायिक उपस्थिति यही वर्षको पहिलो क्वार्टरमा ओपोको २०२१ फ्ल्यागसिप फाइन्ड एक्सथ्रीमार्फत् जनाउने छ । नयाँ कलर रिसर्च ल्याबले कलर र ईमेजिङ ईन्नोभेशनका क्षेत्रमा ओपोको स्थानलाई अझमाथि पु¥याउने विश्वास लिइएको छ ।

प्राविधिक विकासले प्रत्येक व्यक्तिलाई फाइदा पुग्नुपर्ने ओपोको मान्यता रहँदै आएको छ । कम्पनीले भविष्यमा पनि आफ्ना शैक्षिक साझेदारहरुसँग नजिक रहेर सहकार्य गर्दै कलर एण्ड ईमेजिङ टेक्नोलोजी क्षेत्रमा अझ उल्लेख्य विकासहरु प्रस्तुत गर्दै जानेछ ।

प्रकाशित समय १६:३५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु