गृहपृष्ठ थप ५७ जनामा कोरोना संक्रमण

थप ५७ जनामा कोरोना संक्रमण

नेपालमा थप ५७ जना कोभिड–१९ का संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा देशभर एक हजार ९०० जनाको पीसीआर परीक्षण भएकामा २७ महिला र ३० पुरुष गरी ५७ जनामा कोरोना पुष्टि भएको हो ।

आज काठमाडौँ उपत्यकामा १७ महिला र १४ पुरुष गरी ३१ संक्रमित भेटिएका छन् । हालसम्म देशभर कोरोना संक्रमितको कूल संख्या दुई लाख ७२ हजार ६१४ पुगेको छ । मन्त्रालयका अनुसार हालसम्म २१ लाख १३ हजार ५४९ जनाको पीसीआर परीक्षण गरिएको छ ।

गत २४ घण्टामा थप १३३ जना सङ्क्रमणमुक्त भएसँगै हालसम्म दुई लाख ६८ हजार ९२९ जना कोरोना संक्रमणमुक्त भएर घर फर्किएका छन् । कोरोना निको भएको दर ९८.७ प्रतिशत रहेको छ । गत २४ घण्टामा कोही पनि संक्रमितको मृत्यु भएको छैन । कोरोनाबाट हालसम्म दुई हजार ५४ जनाएको मृत्यु भएको छ ।

पाँच सय भन्दाबढी संक्रमित भएको जिल्ला काठमाडौँ मात्र छ । शून्य संक्रमित भएका जिल्ला इलाम, भोजपुर, संखुवासभा, सोलुखुम्बु, मुस्ताङ, मुगु, पश्चिम रुकुम र अछाम रहेका छन् । हाल देशभर संस्थागत आइसोलेसनमा ९८२ छन् । सघन उपचार कक्षमा ५६ जना र भेन्टिलेटरमा १७ जना संक्रमितको उपचार भइरहेको छ ।

प्रकाशित समय १८:२२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु