गृहपृष्ठ गगनको प्रश्न –शिक्षा निशुल्क गर्न सरकारसँग क्षमता छ ?

गगनको प्रश्न –शिक्षा निशुल्क गर्न सरकारसँग क्षमता छ ?

हतारमा काम नगर्न सरकारलाई सुुझाव

 

नेपाली कांग्रेसका नेता गगन थापाले हतारिएर विधेयक ल्याउने काम नगर्न सरकारलाई आग्रह गरेका छन् । सरकारले ल्याएको ‘अनिवार्य तथा निःशुल्क शिक्षाको व्यवस्था गर्न बनेको विधेयक, २०७५’ माथि सोमबार काठमाडौंमा आयोजित सरोकारवालासँगको छलफलमा गगनले भने, ‘थुप्रै कुरा छुट्न सक्छन्, त्यसैले हतारोमा विधेयक ल्याउने काम गर्न हुँदैन ।’

अनिवार्य तथा निःशुल्क शिक्षाको व्यवस्था गर्नुअघि राज्यसँग लगानी गर्ने क्षमता कति छ भनी विश्लेषण गर्न पनि सरकारलाई उनले सुझाव दिए । सरकारले ल्याएको अनिवार्य तथा निःशुल्क शिक्षाको व्यवस्था गर्न बनेको विधेयकमा कक्षा ८ सम्मको शिक्षालाई निःशुल्क गर्ने प्रावधान राखिएको छ । ‘बजेट नहेरी हचुवाको भरमा निःशुल्क शिक्षाको घोषणा गर्ने काम सरकारले गर्न हुँदैन ।’ गगनले भने ।

उनले सार्वजनिक शिक्षालाई सुधार गर्दै अघि बढाउने नीति लिन सरकारको ध्यानाकर्षण गराए । सार्वजनिक शिक्षालाई बलियो बनाएर मात्रै सबै नागरिकलाई निःशुल्क शिक्षा दिने व्यवस्थालाई सरकारले लागू गराउन सक्ने उनको भनाइ छ ।

प्रकाशित समय १३:४२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु