गृहपृष्ठ अब व्यावहारिक शिक्षा दिन्छौं : मन्त्री पोखरेल

अब व्यावहारिक शिक्षा दिन्छौं : मन्त्री पोखरेल

giriraj-newskarobar

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले विद्यार्थीले विद्यालय शिक्षा सकिँदा एउटा सीप हासिल गरिसकेको हुनुपर्ने बताएका छन् । छैटौं राष्ट्रिय विज्ञान दिवस २०७५ को उद्घाटन समारोहमा मन्त्री पोखरेलले व्यावहारिक शिक्षाको आवश्यकता महसुस गरेका हुन् ।

सरकारले १२ कक्षासम्मको शिक्षालाई विद्यालय शिक्षाको रुपमा विकास गरेको छ । ‘अब १२ पास गरेको विद्यार्थी केही जीवनोपयोगी शिक्षा सिकेरमात्र निस्कन्छ,’ उनले भने, ‘नेपालीको विश्वविद्यालय विद्यालय जस्तो भएन, यस विषयमा सरकार अब गम्भीर ढंगले अघि बढ्छ, शिक्षा र विज्ञानलाई व्यावहारिक जीवनसँग जोड्न मन्त्रालय लागिसकेको छ ।’

पूर्वमन्त्री एवं इन्जिनियर गणेश शाहले नेपाल ५० वर्षअगाडिको अवस्थामा नभएको भन्दै आजको युवापुस्ता खोज र अनुसन्धानमा लाग्नुपर्ने र सरकारले पनि यसमा विशेष लगानी गर्नुपर्ने बताए । ‘विज्ञान तथा प्रविधि : दिगो विकास र समृद्धि’ भन्ने मूल नाराका साथ सोमबार प्रविधि मन्त्रालयले छैटौं राष्ट्रिय विज्ञान दिवस मनाएको हो ।

प्रकाशित समय १५:३३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु