गृहपृष्ठ संघीय फोरमको यू टर्न- कालो दिवस कार्यक्रममा सहभागी हुन्नौं

संघीय फोरमको यू टर्न- कालो दिवस कार्यक्रममा सहभागी हुन्नौं

sanghiya-foram-newskarobar

संघीय समाजवादी फोरमले संविधान दिवसलाई कालो दिवसका रुपमा नमनाउने भएको छ । केही दिनअघि कालो दिवस मनाउने भनेर पार्टीमा अान्तरिक सर्कुलर गरेको सत्ता साझेदार फोरम चाैतर्फी अालोचनापछि यू टर्न भएको हो ।

सोमबार फोरमका उपमहासचिव प्रकाश अधिकारीले विज्ञप्ति निकालेर संविधान दिवसलाई कालो दिवसको रुपमा मनाउने कुनै पनि कार्यक्रममा सहभागी नहुने जनाएका छन् । तर, संविधानप्रति असहमति, विरोध र फरक धारणा भने यथावत नै रहेको जनाएको छ ।

विज्ञप्तिममा भनिएको छ, ‘सरकारसँग संविधान संशोधन र परिमार्जन गर्दै संविधानमा रहेका कमी कमजोरीहरुलाई सच्याउँदै प्राप्त अधिकारहरुलाई संरक्षण गर्दै जाने सहमति भएको अवस्थामा कालो दिवस जस्ता कार्यक्रममा सहभागी हुने निर्णय भएको छैन ।’

फोरमलले पनि असोज ३ लाई कालो दिवसको रुपमा मनाउन लागेको भन्ने समाचार आएपछि उसले विज्ञप्ती निकालेर आफ्नो धारणा सार्वजनिक गरेको हो । गत वर्ष भने संविधान दिवसलाई फोरमले कालो दिवसको रुपमा मनाएको थियो । राजपा नेपालले भने असोज ३ लाई कालो दिवसको रुपमा मनाउने औपचारिक निर्णय गरेको छ ।

प्रकाशित समय १५:०३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु