गृहपृष्ठ सुर्खेतमा १७ सैय्याकाे फिस्टुला केन्द्र स्थापना

सुर्खेतमा १७ सैय्याकाे फिस्टुला केन्द्र स्थापना

सुर्खेतमा फिस्टुला केन्द्र स्थापना भएको छ । १७ सैय्याको फिस्टुला केन्द्रको उद्घाटन शुक्रबार कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री दल रावलले गरेका छन् ।

इन्टरनेसनल नेपाल फेलोसिप (आईएनएफ) अन्तरगतको फिस्टुला फाउण्डेसन तथा मध्यपरिश्चमाञ्चल क्षेत्रीय अस्पताल सुर्खेतको सहयोगमा सुर्खेतमा १७ सैय्याको फिस्टुल केन्द्र स्थापना भएको हो ।

यो केन्द्र स्थापना भएसंगै सुर्खेत लगाएतका कर्णाली प्रदेशका सबै जिल्लाका फिस्टुलाका बिरामीहररुले राहत पाउने छन् । सन् २००९ देखि सुर्खेतमा शिविरको रुपमा फिस्टुलाको उपचार हुँदै आएको भए पनी आगामी दिनमा नियमित बिरामीको उपचार गर्ने सकिने फिस्टुला केन्द्रका निर्देशक तथा स्त्री रोग विशेषज्ञ डा. सेर्ली हेउडले बताएकी छन् ।

पौने छ करोडको लागतमा स्थापना गरिएको फिस्टुला केन्द्रको लागि आवश्यक जग्गा भने मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पताल सुर्खेतले उपलब्ध गराएको हो ।

फिस्टुला केन्द्र क्षेत्रीय अस्पताल सुर्खेतकै निगरानिमा रहेने म.प क्षेत्रीय अस्पतालका मेडिकल सुपरिडेन्टेन्ड डा. डम्बर खड्काले बताएका छन् । डा. खड्काका अनुसार फिस्टुला केन्द्रका लागि सुर्खेतमाा विशेषज्ञ सहित १७ जना कर्मचारीको दरबन्दी रहेको छ ।

फिस्टुला केन्द्र सुर्खेतको उद्घाटन गर्दै कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री दल रावलले स्वास्थ्य क्षेत्रमा लगानी गर्ने कुरामा कर्णाली सरकार सकारात्मक रहेको बताए ।

प्रकाशित समय १९:४० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु