गृहपृष्ठ पूर्वस्वास्थ्य सचिव चौधरीले फाइल गायब बनाएको आशंका
पूर्वस्वास्थ्य सचिव चौधरीले फाइल गायब बनाएको आशंका
फाइल खोज्न अख्तियारको निर्देशन
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वस्वास्थ्य सचिव डा.पुष्पा चौधरीले मन्त्रालयको फाइल गायब पारेको आशंकामा छानबिन सुरु गरेको छ । सचिव चौधरीले केही निर्णय पूर्व मितिमा गरेको र केही फायल गायब बनाएको आशंकामा आयोगले मन्त्रालयका कर्मचारीलाई फोन गरेर फइल पत्ता लगाउन भनेको छ ।
दसैं अघि नै सचिव चौधरीको सरुवा भएपनि दसैंपछिको शनिवार समेत अबेरसम्म मन्त्रालयमा बसेर काम गरेको आरोप लागेपछि अख्तियारले छानबिन सुरु गरेको हो । स्वास्थ्य मन्त्रालयमा रहँदा उनका केही काम विवादित बनेपछि सरकारले उनलाई प्रधानमन्त्री कार्यालयमा तानेको छ ।
प्रकाशित समय १२:०८ बजे

















