गृहपृष्ठ विश्व मधुमेह दिवसमा पाटन प्याथल्याबको निशुल्क शिविर
विश्व मधुमेह दिवसमा पाटन प्याथल्याबको निशुल्क शिविर
कलाकार किरण केसी पनि पुगे शिविरमा
विश्व मधुमेह दिवसको अवसर पारेर पाटन प्याथल्याबको निःशुल्क मधुमेह जाँच शिविर सञ्चालन गरेको छ । निःशुल्क सञ्चालन भएको शिविरमा चर्चित हास्या कलाकार किरण केसीले निःशुल्क रगतको परीक्षण र डाक्टर परीक्षण गराएका छन् ।
शिविरमा १८० बिरामीले निःशुल्क सेवा लिएको प्याथल्याबका अध्यक्ष रेशम भट्टराईले न्युज कारोबारलाई जानकारी दिए । अध्यक्ष भट्टराईले विश्व मधुमेह दिवसको अवसरमा सुगर चेक अप र डक्टर चेक अप निःशुल्क रुपमा गरिएको बताए ।
रगत परीक्षण गराएपछि कलाकार केसीले रोग आँफैमा नराम्रो भएको उल्लेख गर्दै मधुमेहबाट बच्न खानपानमा विशेष ध्यान दिनुपर्ने अनुभव सुनाए । खानपानमा ध्यान दिँदा लामो समय सम्म मधुमेहबाट बँच्न सकिने केसीको भनाई थियो । विशेष अवसरमा शिविरहरु राख्नु राम्रो कार्य भएको उल्लेख गर्दै केसीले निरन्तर जनचेतना तथा शिविर लगायतका काम सरकारी तहबाट गर्नुपर्ने प्रतिक्रिया दिए ।

अध्यक्ष भट्टराईले मधुमेहका बिरामीहरुलाई सुविधा पुगोस् भन्ने उद्देश्यले प्याथल्याबले शिविर सञ्चालन गरेको बताए । शिविरमा सुगर चेक अप र डक्टर चेक अप निःशुल्क रुपमा गर्ने व्यवस्था गरिएको थियो ।
विश्व मधुमेह दिवसको अवसर पारेर बुधबार विहान १० बजेदेखि दिउँसो ३ बजेसम्म ल्याबले शिविर सञ्चालन गरेको हो । शिविरमा विशेषज्ञ चिकित्सकले बिरामीको जाँच गरेका थिए । शिविरबाट करिब २०० भन्दा बढी विरामीले सेवा लिने अपेक्षा भए पनि १८० जनाले सेवा लिएको भट्टराईले बताए ।
विश्वभरका १० मध्ये एक महिला मधुमेहको सिकार हुने गरेका छन् । मधुमेहको न्युनिकरणका लागि महिला र मधुमेह हाम्रो स्वस्थ भविष्यको अधिकार भन्ने नाराका साथ विश्व मधुमेह दिवश बिभिन्न कार्यक्रमका साथ सम्पन्न भएको छ ।
प्रकाशित समय २०:२० बजे

















