गृहपृष्ठ हाइटेक प्रविधिबाट मन्त्रालयको अनुगमन गर्दै प्रधानमन्त्री

हाइटेक प्रविधिबाट मन्त्रालयको अनुगमन गर्दै प्रधानमन्त्री

विकास र पूर्वाधारका काम द्रुत गतिमा गर्न निर्देशन

kp-oli फाइल तस्बिर

प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न मन्त्रालयको कामको प्रगति विवरण अनुगमन गर्न थालेका छन् । उनले सरकारी निवास बालुवाटार तथा कार्यालय सिंहदरबारमै बसेर अनलाइनमार्फत् नै अनुगमन सुरु गरेका हुन् ।

मन्त्रालयका कामकारबाही ढिलासुस्ती भएको महसुस गरेपछि प्रधानमन्त्री आफैँले अनुगमन गर्न लागेका हुन् । ‘प्रफर्मेन्स’ राम्रो नगर्ने मनत्रीलाई हटाउने भन्दै आएका ओलीले सबै मन्त्रालयका गतिविधिको विस्तृत अध्ययन गरिरहेका छन् ।

प्रधानमन्त्रीले मन्त्रालयका काम कारवाही, कार्यप्रगतिका बारेमा अध्ययन गरिरहेका उनका प्रेस सल्लाहकार डा. कुन्दन अर्यालले जानकारी दिए । प्रधानमन्त्री कार्यालयले विकास गरेको सफ्टवेयरमा सबै मन्त्रालयका सचिवले आफ्नो मन्त्रालयको कार्ययोजनाको कार्यप्रगति विवरण राखिएको बताउँदै उनले त्यसैबाट प्रधानमन्त्रीले अनुगमन गरिहरेको जानकारी दिए ।

‘सबै मन्त्रालयले आफ्ना कार्यप्रगति विवरण, आउदो लक्ष्यलगायतका विषयमा अनलाइनमै राखेका छन्,’ डा. अर्यालले भने, ‘सोही विवरण प्रधानमन्त्री ज्यूले अनलाइनमार्फत अनुगमन गरिरहनुभएको छ ।’

सबै मन्त्रालयका सचिवले प्रत्येक महीनाको ७ गतेभित्र अघिल्लो महिनाको कार्यप्रगति विवरण सफ्टवेयरमा राख्ने गरेका छन् । अनुगमन गर्र्दै ओलीले विकास र पूर्वाधारका काम द्रुत गतिमा गर्न सम्बन्धित मन्त्रालयलाई निर्देशन दिएका छन् ।

अनुगमनका क्रममा देखिएका कतिपय समस्या प्रधानमन्त्री आफैँले मन्त्री र सचिवलाई निर्देशनसमेत दिने उनको सचिवालयले जनाएको छ ।

प्रकाशित समय २०:३९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु