गृहपृष्ठ शिक्षालाई व्यवसायिक र प्रविधिमैत्री बनाउन आवश्यक : मन्त्री ढुंगेल

शिक्षालाई व्यवसायिक र प्रविधिमैत्री बनाउन आवश्यक : मन्त्री ढुंगेल

प्रदेश तीनका आर्थिक मामिला तथा योजना मन्त्री कैलाशप्रसाद ढुंगलले शिक्षालाई व्यवसायिक र प्रविधि मैत्री बनाउन आवश्यक रहेको बताएका छन् ।

रामेछाप नगरपालिका–४ हिमगंगास्थित रेणुका देवी माध्यामिक विद्यालय भवन उद्घाटन गर्दे मन्त्री ढुंगेलले सो बताएका हुन् । परनिर्भरतामा आधारित समाजलाई सम्बोधन गर्न पनि प्राविधिक शिक्षाको खाँचो रहेको ढुंगेलको भनाइ छ । ढुंगेलले शिक्षा , स्वास्थ्य र कृषिमा आधुनिकीकरण गरी युवाहरूको रुचि अनुसार विकसित गर्न सकेमात्र समृद्धिको योजना पूरा हुने बताए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रत्नबहादुर नेवारले रेणुका देवी माविलाई व्यवसायिक र प्रविधिक शिक्षासँग जोडेर अघि बढाउने प्रतिबद्धता व्यक्त गरे । कार्यक्रममा पूर्वसांसद् तारानारायण श्रेष्ठले कम्युनिष्ट सरकारले चुनावमा जनतासँग गरेका वाचा पूरा गर्न खोज्दा परिवर्तन नचाहने शक्तिहरु आत्तिएको बताए ।

प्रकाशित समय ०९:०१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु