गृहपृष्ठ आयोगद्वारा जेरियाट्रिक विज्ञ समूह गठन
आयोगद्वारा जेरियाट्रिक विज्ञ समूह गठन
राष्ट्रिय मानव अधिकार आयोगले जेष्ठ नागरिकहरुको स्वास्थ्यको अधिकारको संरक्षणमा आयोगले गर्ने कार्यका सम्बन्धमा आयोगलाई परामर्श तथा सहयोग गर्न आयोगका पूर्व सदस्य डा. गौरीशंकर लाल दासको अध्यक्षतामा जेरियाट्रिक विज्ञ समूह गठन गरेको छ । समूहमा प्रा. डा. धु्रवराज अधिकारी, डा. निदेश सापकोटा, डा. रमेश कँडेल, डा. रचना शर्मा, डा. लोचना श्रेष्ठ र डा. नरेन्द्रसिंह ठगुन्ना सदस्य छन् ।
आयोगका निमित्त सचिव डा. टीकाराम पोखरेलका अनुसार एक विगतदेखि नै जेष्ठ नागरिकहरुको अधिकारलाई प्राथमिकतामा राखी कार्य गर्दै आइरहेकोमा भविष्यमा जेष्ठ नागरिकहरुको हितमा अझ बढी काम गर्ने उद्देश्यले सो समूह गठन गरिएको हो ।
यसअघि आयोगले जेष्ठ नागरिकहरुको अधिकारलाई प्राथमिकतामा राखीे देशभर रहेका वृद्धाश्रम तथा जेष्ठ नागरिक हेरचाह केन्द्रहरुको अनुगमन गरी प्रतिवेदन समेत प्रकाशित गरिसकेको
छ ।
जेष्ठ नागरिकहरुलाई लाग्ने बुढ्यौली रोगको बारेमा आयोगले प्राथमिकताका साथ कार्य गर्नुपर्ने भनी विशेषज्ञ चिकित्सक तथा सहभागीहरुबाट प्राप्त सुझाव समेतलाई दृष्टिगत गरी आयोगले जेरियाट्रिक विज्ञ समूह गठन गरेको जनाइएको छ । विज्ञ समूहबाट आयोगलाई उचित परामर्श प्राप्त भई जेष्ठ नागरिकहरुको स्वास्थको अधिकार संरक्षणमा सहयोग पुग्ने आयोगले अपेक्षा गरेको छ ।
प्रकाशित समय १७:०६ बजे

















