गृहपृष्ठ एनआईसी एशिया बैंकको पर्वतको वारीवेनी शाखा उद्घाटन

एनआईसी एशिया बैंकको पर्वतको वारीवेनी शाखा उद्घाटन

nicasia-parwat-newskarobar

एनआईसी एशिया बैंकले पर्वतको जलजला गाउँपालिका–३, वारीवेनीमा रहेको शाखा उद्घाटन गरेको छ । वैशाख १९ गते स्थापित शाखाको सोमबार जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्लले उद्घाटन गरेका हुन् ।

शाखा उद्घाटन कार्यक्रममा अध्यक्ष मल्लले दुर्गम तथा ग्रामीण भेगमा समेत आफ्नो उपस्थिति सबल बनाउँदै गएको भन्दै बैंकको प्रशंसा गरेका छन् । एनआईसी एशिया बैंकका देशभर २७५ शाखा कार्यालय, २८९ एटिएम, ३९ वटा एक्सटेन्सन काउन्टर एवं २३ वटा शाखारहित बैंकिङ इकाई छन् । २१८ अर्बभन्दा बढी बासलातको आकार रहेको बैंकमा साढे १४ लाख ग्राहक छन् ।

प्रकाशित समय १६:५८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु