गृहपृष्ठ बाल स्वास्थ्य तथा पोषणसम्बन्धी अन्तर्क्रिया
बाल स्वास्थ्य तथा पोषणसम्बन्धी अन्तर्क्रिया
अन्तर्राष्ट्रिय संस्था इसिमोडको ललितपुरस्थित कार्यालयमा बुधबार बाल स्वास्थ्य तथा पोषण विषयक अन्तर्क्रिया भएको छ । नेपाल मेडिसिटी अस्पतालकी बालरोग विभाग प्रमुख डा. आना शर्माको उपस्थितिमा नेपाल मेडिसिटीले इसिमोडमा सो कार्यक्रम सञ्चालन गरेको हो ।
इसिमोडमा कार्यरत कर्मचारीका बालबालिकाको स्वास्थ्य र शारीरिक विकास क्रमलाई ध्यानमा राख्दै डा. शर्माले जनचेतनामूलक अन्तर्क्रिया गरेकी हुन् । अधिकांश अभिभावकलाई व्यस्त जीवनशैली अपनाउनुपर्ने र पारिवारिक जिम्मेवारी पनि सँगसँगै अघि बढाउनुपर्ने चुनौती रहेकाले बालविकासमा ध्यान दिनुपर्ने बताइन् । बालविकासका लागि अभिभावकको भूमिका महत्वपूर्ण रहेकाले यस किसिमको चेतनामूलक कार्यक्रम आयोजना गरिएको र निरन्तरतासमेत आवश्यक रहेको डा. शर्माको भनाइ छ ।
प्रकाशित समय ०९:५७ बजे

















