गृहपृष्ठ आइएमई जनरल इन्स्योरेन्स र मुक्तिनाथ विकास बैंकबीच बैंकास्योरेन्स सम्झौता
आइएमई जनरल इन्स्योरेन्स र मुक्तिनाथ विकास बैंकबीच बैंकास्योरेन्स सम्झौता
आइएमई जनरल इन्स्योरेन्स र मुक्तिनाथ विकास बैंकबीच बैंकास्योरेन्स सेवा सम्झौता भएको छ । सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र मुक्तिनाथ विकास बैंकका प्रमुख कार्यकारी अधिकृत प्रधुमन पोखरेलले हस्ताक्षर गरेका छन् ।
सम्झौतापश्चात बैंकका ग्राहकले मुक्तिनाथ विकास बैंकका देशभरका शाखामार्फत आइएमई जनरल इन्स्योरेन्सले प्रदान गर्ने सबै प्रकारका बिमा सेवा प्राप्त गर्न सक्नेछन् । कार्यक्रममा आइएमई जनरल इन्स्योरेन्सका नायब महाप्रबन्धक शरण रेग्मी तथा मुक्तिनाथ विकास बैंकका सहायक प्रमुख कार्यकारी अधिकृतहरु तिलबहादुर गुरुङ र गोविन्दबहादुर राउतको पनि उपस्थिति थियो ।
मुक्तिनाथका प्रमुख कार्यकारी अधिकृत पोखरेलले आईएमई जनरल इन्स्योरेन्ससँगको सहकार्यबाट दुवै संस्थाका ग्राहकले सेवाहरु सहज र सुलभ रुपमा लिन सक्ने बताए । त्यस्तै, आईएमई जनरल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत बादे श्रेष्ठले बैंकसँगको सम्झौताबाट कम्पनीलाई अझै आफ्नो सेवालाई सरल, सहज र चुस्त राख्न प्रेरणा मिलेको बताए । बैंकका सबै ग्राहकले आफूलाई आवश्यक पर्ने सबै प्रकारका निर्जीवन बिमा सेवा प्राप्त गर्नसक्ने उनको भनाइ छ ।
प्रकाशित समय ०९:४३ बजे

















