गृहपृष्ठ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा रेशमबहादुर राना

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा रेशमबहादुर राना

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको डीनमा प्रा.डा. रेशमबहादुर राना नियुक्त भएका छन् । प्रतिष्ठान ऐन, २०६८ अनुसार प्रतिष्ठानका उपकुलपति प्रा.डा. राजेन्द्रराज वाग्लेले हालै प्रा.डा. रानालाई सो पदमा नियुक्ति गरेको प्रतिष्ठानले जनाएको छ ।

स्वास्थ्य सहायक पदबाट स्वास्थ्य सेवा शुरु गरेका रानाले चिकित्सा शिक्षाअन्तर्गत स्नातक, स्नाकोत्तर तथा विद्यावारिधि पूरा गरेका छन् ।

विभिन्न जिल्लामा स्वास्थ्य सेवा प्रदान गरेका रानाले वीर अस्पताल सेवा तथा चिकित्सा शिक्षा अध्ययन प्रतिष्ठान न्याम्समा अध्यापन गराउँदै आएका थिए ।

प्रकाशित समय १६:४९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु