गृहपृष्ठ राष्ट्रिय साधना म्युजिक अवार्ड हुने, ५० विधामा अवार्ड दिइने
राष्ट्रिय साधना म्युजिक अवार्ड हुने, ५० विधामा अवार्ड दिइने
प्रथम राष्ट्रिय साधना म्युजिक अवार्ड २०७६ काठमान्डौमा आयोजना हुने भएको छ । सामना म्युजिक क्रिएसन आयोजक रहेको अवार्डको उद्देश्य अग्रजलाई सम्मान, नवलाई प्रोत्साहन, कला गला तथा सस्कृती संरक्षणमा हाम्रो अभियान भन्ने नाराका साथ आयोजना गर्न लागिएको साधना म्युजिक अवार्डका कार्यक्रम संयोजक गौत्तम शेर्पाले बताए ।
नेपाली गीत संगीतको क्षेत्रमा हुने विभिन्न अवार्डले संगीतको क्षेत्रमा क्रियाशिल कलाकारको आत्मसम्मान र क्रियाशिल भैरहन प्रेरणा मिल्छ भन्ने आयोजकले बिश्वास लिएको उनले जानकारी दिए ।
नेपाली लोक गीत, आधुनिक, पप, लोक पप, डिजे गीत र राष्ट्रिय गीतलगायत ५० बिधामा अवार्ड आयोजना गर्न लागिएको आयोजक कमिटीकी अध्यक्ष सामना शाहले बताइन ।
अवार्ड कार्यक्रममा आफनो सहभागिता जनाउन चाहने सष्ट्रा तथा सर्जकलाई आबेदन फर्म खुल्ला गरिएको पनि आयोजकले जनाइएको छ । २०७५ बैशाख १ गतेदेखि चैत मसान्तभित्र बजारमा आएका गीत संगीतका कलाकारले सो अवार्डमा सहभागिता जनाउन सक्ने छन ।
गायक गायिकाको हकमा भने भिडियो तयार नभए पनि सहभागी हुन सक्ने छन् । फारम भर्ने अन्तिम मिति २०७६ बैशाख १० गतेसम्म रहेको आयोजकले जनाएको छ।
आबेदन फारम अनमनगर स्थित सामना म्युजिक क्रियसनको कार्यलयमा मोवाइल ९८०८८५३१०३ र ९८०८४७८७९९ मा सम्पर्क गर्न सकिने ब्यावस्था गरिएको सामना म्युजिक क्रियसनका सदस्य सचिव गोकर्ण लामिछानेले बताए ।
प्रकाशित समय २०:२० बजे

















