गृहपृष्ठ तेजश रेग्मीले ल्याए नयाँ गीत ‘पिँडालु’

तेजश रेग्मीले ल्याए नयाँ गीत ‘पिँडालु’

गायक तथा मोडल तेजश रेग्मीले ‘पिँडालु खुर्केर काट, तेतिकै बोक्राले कोक्काउला ’ बोलको नयाँ गीत ल्याएका छन् ।  उनले सोमबार युट्युबबाट सार्वजनिक गरेका हुन् । उनकै शव्द रहेको गीतमा चर्चित गायिका विष्णु माझीले साथ दिएकी छिन् ।

गीतमा गायक कुलेन्द्र बिक र रक्षा श्रेष्ठको अभिनय रहेको छ । भिडियाको निर्देशन शिव बिकले गरेका छन् । रामेश्वर कार्कीले खिचेको भिडियोलाई सुजन शाहीले सम्पादन गरेका हुन् । इनाक्षी इन्टरटेनमेन्टले बजार व्यवस्थापन गरेको सो गीतले दर्शक श्रोताको मन जित्ने व्यवस्थापक राम कडेँलले बताए ।

उनी भन्छन्, ‘गीतमा मौलिक शख्द संग्रह गरिएकाले आम दर्शक स्रोेताको मन जत्ने अपेक्षा छ, भिडियोमा पनि चर्चित कलाकारले अभिनय गरेकाले धेरैले रुचाउने छन् । ’

प्रकाशित समय १७:४२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु