गृहपृष्ठ नेपालमा भित्रियो बिगबोस, नेपालको टेलिभिजनमा छिट्टै संचालन हुने
नेपालमा भित्रियो बिगबोस, नेपालको टेलिभिजनमा छिट्टै संचालन हुने
नेदरल्याण्डको इन्डिमोल साइनद्वारा संचालित बिग ब्रदरको फ्रेन्चाइज बिगबोस टिभी रियालिटी सो नेपालमा पनि हुने भएको छ । नेपालमा बिगबोस आइम्याक्स प्रोडक्सनले संचालन गर्ने छ । यो कार्यक्रम नेपालको इतिहासमा अहिलेसम्मकै सबैभन्दा ठूलो फ्रेन्चाइज टिभि रियालिटि सो हुने आइम्याक्सको दावी छ ।
नेपाल भित्रिएको यो रियालिटि सो नेपालकै एक नेपाली टेलिभिजन च्यानलमा चाडै सुरु हुने बताइकको छ । ‘यस्तो कार्यक्रमले नेपाललाई विश्वमाझ चिनाउन समेत सहयोग पुग्ने छ’, कम्पनीले विज्ञप्ति जारी गरि भनेको छ ।
नेदरल्याण्डको इन्डिमोल साइनद्वारा यसअघि ५४ देशमा संचालन हुँदै आएको बिग ब्रदर संचालन हुने नेपाल ५५ औं देश हुने छ । देशअनुसार फरक फरक भाषामा सञ्चलन हुने यो कार्यक्रम नेपालमा नेपाली भाषामै प्रसारण हुनेछ । यसरी सञ्चालन हुने कार्यक्रम विग ब्रदरकै संरचनाअनुसार हुनेछ ।
बिग बसमा सहभागीलाई १०० दिनसम्म सञ्चार सम्पर्कविहिन गराइ घरभित्र राखिन्छ । अन्तिमसम्म घरमै रहिरहने सहभागीले बिगबसको ट्रफी जित्ने छन् ।
प्रकाशित समय १६:२० बजे

















