गृहपृष्ठ नेपाली युवक दिवेश पोखरेल अमेरिकन आइडलको फाइनलमा प्रवेश
नेपाली युवक दिवेश पोखरेल अमेरिकन आइडलको फाइनलमा प्रवेश
अमेरिकन आइडलमा नेपाली युवक दिवेश पोखरेल फाइनलमा प्रवेश गरेका छन् । आइडलको टप ५ मा प्रवेश गरेपछि उपाधिका भिड्न लागेका हुन् । भोटिङ पनि खुल्ला भइसकेको छ ।
दिवेशले अहिले फाइनल राउन्डको प्रतिस्पर्धा गर्नेछन् । फाइनल राउण्ड पनि सुरु भइसकेको छ । जसमा प्रत्येक प्रतियोगीले दुई–दुई वटा प्रस्तुति दिनु पर्नेछ । एक घन्टासम्म हुने भोटिङमा सबैभन्दा बढी भोट ल्याउने अमेरिकन आइडल घोषणा हुने छ ।
कोभिड-१९ को महामारीका कारण अमेरिकन आइडलको फाइनलमा सबैले आ-आफ्नो घरबाटै प्रस्तुति दिइरहेका छन् ।
प्रकाशित समय ०६:४६ बजे

















