गृहपृष्ठ प्रिमियर लिगका क्लबले आफ्ना खेलाडीलाई प्रशिक्षण गर्न स्वीकृति दिने तयारी

प्रिमियर लिगका क्लबले आफ्ना खेलाडीलाई प्रशिक्षण गर्न स्वीकृति दिने तयारी

इंग्लिस प्रिमियर लिगका क्लबले आफ्ना खेलाडिलाई प्रशिक्षण गर्न स्वीकृति दिने तयारी गरेको छ । यो हप्ता आफ्ना खेलाडीहरुलाई सानो समूहमा प्रशिक्षण दिने तयारीमा जुटेका हुन् ।

आउँदो जुन १२ देखि लिग सुरु गर्ने तयारी भइरहेको बेलामा कोरोना भाइरसको महामारीका कारण गएको मार्च १३ देखि रोकिएको लिगका खेलहरु पुनः सुरु गर्ने सम्बन्धमा भने क्लबहरु अझै एकमत हुन सकेका छैनन् । न्यूट्रल भेन्यूमा बाँकी ९२ खेल गर्ने तयारी थालिए पनि सबै क्लब त्यसमा सहमत देखिएका छैनन् ।

यो विषयमा सोमबार लिगका २० क्लबबिच छलफल हुँदैछ । सो छलफलमा प्रशिक्षण तथा मेडिकल प्रोटोकललाई लिएर मतदान हुनेछ ।मतदानमा प्रस्ताव पारित भएमा मंगलबारदेखि खेलाडीहरु पाँचजनाको समूह बनाएर प्रशिक्षण गर्न पाउने छन् । प्रस्ताव पारित हुन लिगका २० मध्ये १४ क्लब सहमति हुनुपर्ने बताइएको छ ।

प्रकाशित समय ०६:३४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु