गृहपृष्ठ नयाँ बर्ष अवसर पारेर ‘पसिना’ को फर्स्ट लुक पोस्टर सार्वजनिक

नयाँ बर्ष अवसर पारेर ‘पसिना’ को फर्स्ट लुक पोस्टर सार्वजनिक

चलचित्र ‘पसिना’ को फर्स्ट लुक पोस्टर सार्वजनिक गरिएको छ । नयाँ बर्ष २०७६ को अवसर पारेर चलचित्रको तीन वटा पोस्टर सार्बजनिक गरिएको हो ।
केहि दिन अघि चलचित्र ‘पसिना’को प्रोमोसनल टाइटल गीत सार्बजनिक गरिएको थियो। मजदुरहरुको कथा, व्यथा समेटिने चलचित्र ‘पसिना’ को सार्बजनिक पोस्टरमा चलचित्रको मुख्य कलाकार गौरव पहाडी, अनु शाह, सरोज खनाललाइ मुख्य स्थान दिइएको छ ।

आरबी खत्री ‘शरद’ ले निर्देशन गर्ने चलचित्र पसिनामा गौरव पहारी, अनु शाह, सरोज खनाल, सरोज अर्याल, रवि गिरी, धुर्ब कोइराला, शारदा गिरी, सुरजनी केसीलगायतका कलाकारको मुख्य भूमिका छ । चलचलचित्र बैशाख २७ गते बाट प्रदर्शनमा आउने छ । यसमा राम केसीको छायांकन, राजनराज सिवाकोटी, दिपक शर्मा र थिरज राइको संगीत, नबिन निरौलाको सम्पादन, शिब बिक र राजीब समरको नृत्य र देव महर्जनको द्वन्द्व रहने छ । ‘गरौ सत्कर्म, बगाउ पसिना’ भन्ने नारा बोकेको चलचित्र समसामयिक कथामा बनेको छ । पसिना बगाएर मात्र नहुने भन्दै सत्कर्म गर्न पनि आवश्यक रहेको सन्देश चलचित्रले दिने निर्देशकले बताए । आरबी खत्रीको कथा रहेको ‘पसिना’ को निर्माता शान्ता ढकाल हुन् । चलचित्रका कार्यकारी निर्माता संजय महतो हुन् । चलचित्रको ट्रेलर यसै साता सार्बजनिक गर्ने योजनामा निर्माण टिम रहेको छ ।

प्रकाशित समय १६:४५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु