गृहपृष्ठ बलिउड चर्चित गायिका नेहा कक्कड विवाह बन्धनमा बाँधिदै

बलिउड चर्चित गायिका नेहा कक्कड विवाह बन्धनमा बाँधिदै

बलिउडकी चर्चित गायिका नेहा कक्कड विवाह बन्धनमा बाँधिने तयारीमा छन् । भारतीय मिडियाका अनुसार उनको विवाहको मिति पनि तय भइसकेको छ ।

दर्जनौं चर्चित गीतहरु गाएर चर्चामा आएकी नेहा अहिले प्रेममा परेकी छन् । उनी केही समयदेखि पंजाबी गायक तथा अभिनेता रोहनप्रीत सिंहसँग प्रेममा छन् । रोहनप्रीत रियलिटी शो राइजिङ स्टार २ का रनरअप हुन् ।

रिपोर्टका अनुसार नेहा र रोहनप्रीत केही महिना अघि म्युजिक भिडियो डायमन्ड दा छल्लाको सेटमा भेटेका थिए । केही महिनाअघि एक अर्कासँगको डेटको क्रममा विवाह गर्ने फैसला गरेको बताइएको छ ।

नेहाका इस्मे तेरा घाटा, मिले हो तुम हमको, काला चस्मा, आख मारे, कोकाकोला, नैना, गल्ली गल्ली, दिलवर दिलवर लगायतका गीतहरु निकै चर्चामा छन् । भारतीय सञ्चार संस्थाका अनुसार यी दुईले मुम्बईमा २४ अक्टोबरमा विवाह गर्न सक्ने बताइएको छ ।

दुवैले केही दिनअघि सामाजिक सञ्जालमा आफूहरुको एक भिडियो पनि सेयर गरेका थिए । उनीहरुको विवाह हुने खबरले अहिले फ्यानहरु निकै खुसी भएका छन् । (एजेन्सी)

प्रकाशित समय ११:४८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु