गृहपृष्ठ अक्षयको ‘गोल्ड’को ट्रेलर रिलिज

अक्षयको ‘गोल्ड’को ट्रेलर रिलिज

बलिउड सुपरस्टार अक्षय कुमार अभिनित चलचत्रि ‘गोल्ड’को ट्रेलर रिजिल भएको छ । चलचित्र गोल्ड भारतलाई स्वर्ण दिलाउने हकी टिमको चाहना र संघर्षको कथामा आधारित भएको जनाइएको छ ।

चलचित्र गोल्डमा अक्षय कुमार एक हकी खेलाडीको भूमिकामा देखिने छन् । हकीमा राष्ट्रलाई स्वर्ण दिलाउने अक्षयले गरेको संघर्षको जगमा चलचित्रको कथाबस्तुले फन्को मार्छ । चलचित्र सन् १९३६ तिरको वास्तविक कथामा आधारित रहेको निर्माण पक्षले जनाएको छ ।

गोल्डमा अक्षय सोही समय (१९३६)को ‘लुक’मा देखिने छन् । चलचित्र देशभक्तिमा आधारित रहेको जनाइएको छ । भारतको स्वतन्त्रतापछि पहिलो पटक हकीमा भारतलाई स्वर्ण दिलाउने खेलाडीको जीवन र संघर्षमा आधारित भएको जनाइएको छ ।

यो एउटा यस्तो वास्तविक घटनामा आधारति चलचित्र हो जसमा आफ्नो लक्ष्यमा पुग्न हकी टिमलाई १२ वर्षसम्म संघर्ष गर्नुपरेको थियो । सन् १९३६ मा देखेको स्वर्ण जित्ने सपना पुरा हुन १९४८ सम्म कुर्नुपरेको कथाको वरिपरी अक्षयको ‘गोल्ड’ घुम्दछ ।

अक्षयको लागि भन्दा पनि यो चलचित्र मौनी रायका लागि टर्निङ प्वइन्ट हुन सक्छ । किनकी राय यस फिल्मबाट बलिउडमा ‘डेब्यु’ गर्दैछन् । सानो पर्दाकी लोकप्रिय कलाकार रायको अभिनयलाई बलिउडका पारखीहरुले ‘ग्रिन सिग्नल’ दिन्छन् कि दिँदैनन् त्यो भने समयले देखाउला । चलचित्रमा अक्षय एवं रायका अलावा कुनाल कपुर, अमित साधसमेतको मुख्य भूमिका देखिनेछ । गोल्डलाई रिमा कागतीले निर्देशन गरेकी हुन् ।

प्रकाशित समय १२:४५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु