गृहपृष्ठ बलिउडकी महंगी हिरोइन दीपिका कि कंगना ?
बलिउडकी महंगी हिरोइन दीपिका कि कंगना ?
मणिकर्णिकाको लागि कंगनाको किर्तिमानी पारिश्रमिक
चलचित्र पद्मावतले नायिका दीपिका पादुकोणलाई बलिउडकी सबैभन्दा महंगी हिरोइनको रुपमा स्थापित गरिदियो । यो यस्तो चलचित्र थियो जसमा उनले नायकहरुको भन्दा बढी पारिश्रमिक लिएकी थिइन् ।
पद्मावतमा शाहिद कपुर तथ रणवीर कपुरको भन्दा बढी पारिश्रमिक लिएकी दीपिकाले एउटा अन्तर्वार्ताका क्रममा भनेकी थिइन् कि यो भन्दा राम्रो गर्न सक्छिन् । त्यसयता सबैभन्दा बढी पारिश्रमिक लिने हिरोइनका रुपमा दीपिका स्थापित भइन् ।
तर बढी पारिश्रमिक लिने मामलामा अर्कि हिरोइन कंगना रनवतले दीपिकालाई माथ गर्ने भारतीय मिडियाले जनाएका छन् । समाचार अनुसार कंगनाले चलचित्र मणिकर्णिकामा १४ करोड भारतीय रुपैयाँ पारिश्रमिक लिएकी छिन् । यो उनले लिँदै आएको पारिश्रमिकको दोब्बर भएको भारतीय मिडियाले उल्लेख गरेका छन् ।
मणिकर्णिकामा कंगनाले रानी ‘लक्ष्मीबाई’को भूमिका निर्वाह गर्नेछिन् । सन् २०१९ जनवरी २५ ‘रिलिज डेट’ तोकिएको मणिकर्णिकामा पहिलोपटक कंगना कुनै योद्धाको भूमिकामा देखिने छिन् । भूमिकाका लागि उनले घोडसवारी र तरबारबाजीको ट्रेनिङ लिएकी थिइन् ।
चलचित्रको सुटिङ कंगनाका लागि त्यति सुखद भने रहेन । हैदराबादमा भएको सुटिङमा उनी गम्भीर घाइते भइन् । तरबारबाजीको सिनमा उनको शिरमा तरबार लाग्यो र उनी घायल भइन् । सोही कारण उनलाई अइसियुमा राखिएको तथा टाउकामा १५ टाँका लगाउनुपरेको भारतीय मिडियाले जनाएका छन् ।
प्रकाशित समय १३:५३ बजे

















