गृहपृष्ठ पीपीएल क्रिकेट : पोखराले विराटनगरलाई दियो १९८ रनको लक्ष्य
पीपीएल क्रिकेट : पोखराले विराटनगरलाई दियो १९८ रनको लक्ष्य
पोखरा प्रिमियर लिगको उद्धघाटन खेलमा पोखरा पल्टनले विराटनगर टाइटनलाई १९८ रनको लक्ष्य दिएको छ । टस हारेर ब्याटिङ गरेको पोखराले २० ओभरमा ३ विकेट गुमाएर १९७ रन बनायो । पोखरा पल्टनका विनोद भण्डारीले विष्फोटक ब्याटिङ गरे । भण्डारीले ११ बलमा ४१ रन बनाए । उनले ५ छक्का र २ चौकाको मद्दतमा ४१ रन बनाए ।
पोखराका लागि आसिफ शेखले अर्धशतक पूरा गरे । उनले एक छक्का र ५ चौका प्रहार गर्दै ५२ रन बनाए भने भारतीय खेलाडी रवि इन्दर सिंहले ४ छक्का र २ चौका प्रहार गर्दै ४४ रन बनाए । कुशल भुर्तेलले ३८ रन बनाउँदा शरद भेषवाकरले नआउट रहे ७ रन बनाए । विराटनगरका कप्तान सन्दीप लामिछानेले ४ ओभर बलिङ गर्दै २ विकट लिए भने साहब आलमले एक विकेट लिए ।
प्रकाशित समय १३:३८ बजे

















