गृहपृष्ठ ‘ठग्स अफ हिन्दुस्तान’ले राख्यो अमिताभ बच्चनको नयाँ रेकर्ड
‘ठग्स अफ हिन्दुस्तान’ले राख्यो अमिताभ बच्चनको नयाँ रेकर्ड
नोभेम्ब ८ मा रिलिज भएको फिल्म ‘ठग्स अफ हिन्दुस्तान’ ले सोही दिन नै धेरै रेकर्ड बनाएको थियो । उक्त रेकर्ड बलिउडका सुपरस्टार अमिताभ बच्चनको जीवनमा पनि गाँसिन पुग्यो । चलचित्रले गरेको कमाई बच्चनले अभिनय गरेको हालसम्मका चलचित्रमध्ये सर्वाधिक बन्न सफल भयो ।
आफ्नो ५० वर्षे फिल्मी करियरमा बच्चनले थुप्रै राम्रा र व्यापारिक दृष्टिले सफल चलचित्रमा अभिनय गरेका छन् । यद्यपी बच्चनद्वारा अभिनित चलचित्रले एक सय करोड भन्दा माथिको व्यापार गरेको यो पहिलो रेकर्ड हो ।
अमिर खान, अमिताभ बच्चन, फातिमा सना शेख र क्याट्रिना क्याफ लगाएतका कलाकारको मुख्य भूमिका रहेको ठग्स अफ हिन्दुस्तान हिन्दी, तामिल र तेलेगु गरी तीन भाषामा एकसाथ रिलिज भएको थियो । दिपावलीको अवसरमा रिलिज भएको यस फिल्मले ३ दिनमा एक सय करोडको व्यापार गरेको थियो ।
फिल्मले ५ दिनमा एक सय २३ करोडको व्यापार गरेको छ । तेलुगु र तामिल भाषामा फिल्मले ४ करोडको व्यापार गरेको छ । तर पनि चलचित्र आलोचनामुक्त भने हुन सकेन । फिल्मको कथालाई लिएर आलोचकहरुले विभिन्न टिप्पणी गरेका छन् । यो टिप्पणीले चलचित्रको व्यापार पनि प्रभावित बनेको टिप्पणी हुन थालेको छ ।
फिल्मको डिजिटल राइट्स एक सय ८० करोडमा विक्रि भएको थियो भने ५ हजार स्क्रिनबाट एक सय २३ करोड संकलन गरेपछि दुई सय ५० करोडमा निर्माण भएको यस फिल्मले मुस्किलले लगानी उठाएको हो ।
प्रकाशित समय १७:१७ बजे

















