गृहपृष्ठ पपस्टार शाकिरा न्याय माग्दै अदालतमा
पपस्टार शाकिरा न्याय माग्दै अदालतमा
पपस्टार शाकिरा न्याय माग्दै बार्सिलोनास्थित अदालत पुगेकी छिन् । १४.५ मिलियन युरो कर छलीको आरोप अस्वीकार गर्दै शाकिरा अदालत पुगेकी हुन् । बिहीबार बार्सिलोनस्थित अदालत पुगेकी शाकिराले आफूमाथि लागेको आरोप झुटो भएको बताइन् । उनीमाथि सन् २०११ देखि २०१४ को बीचमा स्पेनमा बस्दाताका उनी र उनका सल्लाहकारले कर नतिरेको अभियोग लगाइएको छ ।
कर नतिरेको आरोप लागे पनि स्पेनी मिडियाहरूले भने शाकिराले कर तिरेको समाचार प्रस्तुत गरिरहेका छन् । उनी स्पेनी फुटबलर जेराड पिंककी विवाहिता पत्नीसमेत हुन् । उनी सन् २०१० मा अफ्रिकामा सम्पन्न विश्वकपको गीत गाएर सर्वाधिक चर्चा बटुल्न सफल भएकी थिइन् । शाकिरा विश्वका महँगा कलाकारको सूचीमा पर्छिन् ।
प्रकाशित समय १३:४४ बजे

















