गृहपृष्ठ विराटनगरको आरोहण गुरुकुलमा नाट्य महोत्सव हुँदै

विराटनगरको आरोहण गुरुकुलमा नाट्य महोत्सव हुँदै

आरोहण गुरुकुल विराटनगरले भदौ २० गतेदेखि २९ गतेसम्म ‘विराटनगर विद्यालय नाट्य महोत्सव’ गर्ने भएको छ । हाटखोलास्थित सुशीला कोइराला नाटकघरमा विभिन्न विद्यालयका कक्षा १२ सम्मका विद्यार्थीले तयार पारेको नाटक मञ्चन गरिने भएको हो ।

महोत्सवमा ९ वटा विद्यालयका एक–एक र आयोजकको तर्फबाट थप एक गरी तीन नाटक मञ्चन गरिने आरोहण गुरुकुल विराटनगरका अध्यक्ष भैरव क्षेत्रीले जानकारी दिए । विद्यालयलाई नाटक पशिक्षणमा सहयोग गर्ने पनि क्षेत्रीले बताए । आवेदनका लागि भदौ ७ गतेसम्म समय दिइएको छ ।

कथावस्तु र अन्य प्राविधिक आधारमा नाटक छनोट गर्ने आयोजकले जनाएको छ । विद्यालय तहदेखि नै कला तथा साहित्यमा विद्यार्थीहरुलाई सहभागी गराउने उद्देश्यका साथ नाटक महोत्सव गर्न लागिएको अध्यक्ष क्षेत्रीले बताए ।

प्रकाशित समय ०९:१८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु