गृहपृष्ठ नेपालका दिवेश पोखरेल ‘अमेरिकन आइडल’को शीर्ष २० मा (भिडियोसहित)

नेपालका दिवेश पोखरेल ‘अमेरिकन आइडल’को शीर्ष २० मा (भिडियोसहित)

नेपाली गायक दिवेश पोखरेल विश्वमै चर्चित रियालिटी सो अमेरिकन आइडलको हलिउड प्रस्तुतिका लागि छनोट भएका छन् । आइतबार ‘एबीसी’ टेलिभिजनबाट प्रसारण पहिलो श्रृंखलाबाट उनी शीर्ष २० मा छानिएका हुन् ।

प्रस्तुतिका क्रममा उनले आफू नेपालमा जन्मेको बताउँदै नेपालको सुन्दरतामाथि प्रकाश पारे । उनले आफू ६ वर्ष हुँदादेखि नै गाउन थालेको बताएका छन् ।

आर्थर गनका उपनामले गाउँदै आएका २० वर्षीय पोखरेल ५ वर्षअघि अमेरिका पुगेका हुन् । उनी आफ्ना बुवासहित क्यान्सस राज्यको विचिटामा बस्छन्  ।

हेर्नुहोस् भिडियो :

प्रकाशित समय १५:०३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु