गृहपृष्ठ छमछमी नचाउने गीत ‘चिसापानी मायाको घर’
छमछमी नचाउने गीत ‘चिसापानी मायाको घर’
लोक तथा दोहोरी क्षेत्रका अब्बल गायक जय बिकको टिपिकल लोक झ्याउरे गीत सार्वजनिक भएको छ । लोकगीतमा छमछमी नाच्न रुचाउनेहरुका लागि उत्कृष्ट सृजनाकारुपमा सो गीत हालै गंगामाला फ्ल्मिस्को युटुब च्यानलमार्फत् सार्वजनिक भएको हो ।
जय बिककै शब्द र लयमा सजिएको गीतमा स्वरमा भने जय बिकलाई पूर्णकला विसीले साथ दिएकी छन् । मौलिक शब्दहरु उनेर बनाइएको सुन्दर गीतमा गाउँघर बनपाखा झल्काउने दृष्यसहितको भिडियो निर्माण गरिएको छ ।
जसमा करिश्मा ढकाल, रितु तामाङ, अनुप विष्ट र लक्ष्य परियारको अभिनय छ । अशोक विकको निर्देशनमा तयार भएको गीतको बासु न्यौपानेले छायांकन गरेका हुन् । युटुबमार्फत् सार्वजनिक भएको सो गीतले निकै राम्रो प्रतिक्रिया प्राप्त गरेको निर्माण पक्षको दावी छ ।
प्रकाशित समय १८:३८ बजे

















